टि ट्वान्टी प्रतियोगिताको लागि खेलाडीको अनुबन्धन गर्ने प्रक्रिया सम्पन्न

446

काठमाडौ, चैत्र १८ : नेपालमा आयोजना हुने पहिलो महिला फ्रेन्चाइज टि ट्वान्टी प्रतियोगिताको लागि खेलाडीको अनुबन्धन गर्ने प्रक्रिया सम्पन्न भएको छ । आयोजक एनसिएल स्पोर्ट्स प्रालीले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा सहभागी विराटनगर भैरहवा काठमाण्डौं र धनगढी गरी ४ टोलीले १३/१३ खेलाडी अनुबन्धन गरेका छन । अक्सनमा मुख्यतया राष्ट्रिय टिमका १० खेलाडीले सर्वाधिक मुल्य पाएका छन । पहिलो श्रेणीमा रहेका  खेलाडी इन्दु वर्मा, काजोल श्रेष्ठ, सरिता मगर, सोनु खड्का लगायत सर्वाधिक ७५ हजार रुपैयाँमा अनुबन्धीत भएका छन । अक्सनमा पछिल्लो २ वर्ष यता राष्ट्रिय टोलीमा परेका खेलाडीलाई पहिलो श्रेणीमा, २ वर्ष भन्दा कम समय राष्ट्रिय टोलीबाट खेलेका खेलाडीलाई दोस्रो श्रेणीमा तथा क्षेत्रिय एवं जिल्ला स्तरिय खेलाडीलाइ तेस्रो श्रेणीमा राखिएको थियो । पहिलो श्रेणको खेलाडीलाई न्यनतम ४० देखी ७५, दोस्रो श्रेणीको लागि २५ देखि ५० र तेस्रो श्रेणीको लागि १५ देखि २५ हजार रुपैयाँ मुल्य राखिएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here