आठौं राष्ट्रिय खेलकुद बैशाख ५ गतेदेखि शुरु हुँदै /१८ खेल उद्घाटन अघि नै सकिने

194

काठमाडौ, चैत्र १८ : प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल उद्घाटन अघि नै सुरु हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषदले नेपालगन्जमा पत्रकार सम्मेलन गरी अन्तरगतका १८ वटा खेल अघि नै हुने जानकारी दिईएको हो । प्रतियोगिताका टिम खेल बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही, कास्की, ललितपुर, काठामाडौंमा हुने जानकारी दिइयो । ३५ खेलमध्ये अन्य खेल उद्घाटन पछि हुनेछन् । नेपालगन्ज रंगशालामा वैशाख ५ गते साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतियोगीताको ओपचारीक उद्घाटन हुने गरी तयारी अगाडि बढाईएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here