शेयर खरिदको लागि ऋृण दिन मिल्ने कम्पनीको सूचि सार्वजनिक

102

काठमाडौ, चैत्र १८ : नेपाल स्टक एक्सचेञ्जले शेयर खरिदका लागि ऋण दिन मिल्ने कम्पनीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । स्टकले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ‘मार्जिन कारोवार’ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सूची सार्वजनिक गरेको हो । स्टकले ‘मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको सन्दर्भमा केही शर्तसहित शेयर खरिदका लागि ऋण सुविधा दिने प्रक्रिया अगाडि बढाएको हो । स्टकले कम्तीमा १० हजार शेयरधनी भएको, खूद सम्पत्ति चुक्ता पूँजीभन्दा कम नरहेको लगायतका मापदण्ड पूरा गरेका कम्पनीले मार्जिन कारोवार सुविधा योग्य धितोपत्रको रुपमा तयार हुने व्यवस्था गरेको छ । स्टकले सार्वजनिक गरेको सूचीमा ११ वाणिज्य बैंक, ६ विकास बैंक, नौ लघुवित्त कम्पनी, तीन जलविद्युत् कम्पनी, एक होटल र अन्यमा नेपाल टेलिकम रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here