अल्जेरियामा राजनीतिक संकट गहिरिँदै

167

काठमाडौ, चैत्र १८ : अल्जेरियाका राष्ट्रपति वुरेफ्लिकाले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ । उहाँले २७ सदस्यीय मन्त्रिपरिषदका सदस्यमध्ये २१ जनालाई हटाई ती ठाउँमा नयाँ मन्त्रीहरु नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री भने हटाउनुभएको छैन । रक्षा मन्त्रालय राष्ट्रपति आफैंले लिनुभएको छ । ८२ वर्षीय राष्ट्रपति न त राम्रोसँग हिंड्न सक्नुहुन्छ न बोल्न नै । तर उहाँ पाँचौ पटक अल्जेरियाको राष्ट्रपति बन्न उम्मेदवार हुने चाहना राख्नुहुन्छ । बिबिसी लेख्छ- उहाँ आफ्नो उम्मेदवारी दर्ता गराउन समेत हिंड्न सक्नुभएन । उहाँको उम्मेदवारी बिरुद्ध त्यहाँका विद्यार्थी, शिक्षक, वकिल र पत्रकारले हिंड्न र देख्न नसक्ने व्यक्तिले अल्जेरियाको नेतृत्व गर्नुहुँदैन भन्दै बिरोध प्रदर्शन गर्दै आइरहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here