बाहिरी चक्रपथ निर्माण सम्बन्धमा संसदीय समितिको निर्देशन

203

काठमाडौ, चैत्र १८ : बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव (डिपीआर) निर्माणको अन्योलता हटाइ काम अघि बढाउन संसद्को विकास तथा प्रविधि मन्त्रालयले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । हिमाल, पहाड र तराईमा नयाँ शहर निर्माणका लागि एकीकृत अवधारणा तयार पार्न पनि समितिले शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । काठमाण्डौ उपत्यकाका तीनै जिल्लालाई समेट्ने गरी ७२ किमी लामो बाहिरी चक्रपथ बनाउने चर्चा शुरु भएको दशक भइकेको छ । समितिको हिजोको बैठकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बजेटको सुनिश्चितता भए ६ महिनामै काम शुरु गर्न सकिने गरी तयारी भइरहेको बताउनुभयो । बैठकपछि सभापति कल्याणीकुमारी खड्काले अर्थ मन्त्रालय, लगानी बोर्ड, शहरी विकास मन्त्रालय र अन्य सरोकार भएका निकायका अधिकारीलाई पनि बोलाएर छलफल गरिने निर्णय भएको जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here