आजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

372

काठमाडौ, चैत्र १८ : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि आजदेखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । आजबाट विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धावनमार्ग मर्मत गर्न तीन महीना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने जानकारी दिदै विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here