एकदिवसीय मान्यता पाएपछि नेपालले आज पहिलो खेल खेल्दै

27
नेपाल-नेदरल्याण्ड क्रिकेट

एक दिवसीय मान्यता पाएपछि नेपालले आज पहिलोपटक एक दिवसीय खेल खेल्दैछ । नेपाली समयानुसार आज दिउँसो २.४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको हो। नेपाल र नेदरल्याण्डबीच दुईवटा खेल हुनेछन् । दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here