बारा र पर्सामा हावाहुरी/२७ जनाको मृत्यु

459

काठमाडौ, चैत्र १८ : बारा र पर्सामा हिजो साँझ आएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ । हावाहुरीबाट बारामामात्र २६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो । त्यसैगरी पर्सामा १जनाको मृत्यु भएको छ । हावाहुरीमा परी ४ सय भन्दा बढी घाइते भएका छन् । हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको बताइएको छ । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीले ठुलो जनधनको क्षति भएको हो । घटनास्थलमा गएराती देखिनै उद्धार जारी छ । हावाहुरीको बाराको भलुही, पुरैनिया परसौन, बिजवनिया लगाइतका स्थानमा बढी क्षति गरेको छ । घाइतेहरुको नारायणी उपक्षेत्रीय लगायतका अस्पतालमा उपचार भइरहेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भैरहेका छन् ।।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here