प्रमद्वारा हावाहुरी प्रभावित क्षेत्रको निरिक्षण

158

काठमाण्डौ, चैत्र १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित क्षेत्रहरुको निरिक्षण भ्रमण गर्नु भएको छ ।   गृह जिल्ला झापाको निर्धारित कार्यक्रम स्थगित गरि आज उहाँ प्रभावित क्षेत्रमा पुग्नु भएको हो । हिजो साँझ आएको हावा- हुरीले बारा, पर्सालगायतका जिल्लामा जनधनको क्षति भएपछि प्रधानमन्त्री ओलीले त्यस क्षेत्रमा पुग्नु भएको हो । प्रधानमन्त्री झापा र मोरङका कार्यक्रममा सहभागी हुन हिजो काठमाडौंबाट त्यसतर्फ जानुभएको थियो । बारा र पर्सामा हिजो साँझ आएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको छ । हावाहुरीबाट बारामामात्र २६ जनाको मृत्यु भएको छ । हावा हुरीबाट पर्सामा १ जनाको मृत्यु भएको छ । हावाहुरीमा परी ७ सय भन्दाबढी घाइते भएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here