लिवियामा भएको संघर्षमा २१ जनाको मृत्यु

81

काठमाडौ, चैत्र २५ : लिवियामा जारी संघर्षमा हिजो २१ जनाको मृत्यु भएको छ । सरकारी सेना र लडाकु समूहबीच भएको संघर्षमा अन्य २७ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त ट्रिपोली सरकारले संघर्षमा हताहतीको जनकारी दिएपनि कुन पक्षको क्षति भएको हो भन्ने बताएको छैन । राष्ट्रसंघले दुवैपक्षलाइ सर्वसाधारणलाइ उद्धार गर्न २ घण्टाका लागि युद्धविराम गर्न हिजै भनेको थियो । तर संघर्ष जारी छ । जनरल खालिफा हफ्तारको लडाकु समूह ट्रिपोलीलाइ कव्जा गर्न अगाडि बढेको बीबीसीको जनाएको छ । तर लिवियाका प्रधानमन्त्री फायज अल सेर्राजले जनरल हफ्तारले कु को प्रयास गरिरहेको बताउनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here