बेलायतमा नयाँ राहदानी जारी गर्ने काम शुरु

244

काठमाडौ, चैत्र २५ :बेलायतले युरोपेली संघ नलेखेको राहदानी जारी गर्न सुरु गरेको छ । युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले राहदानीको बाहिरको भागमा लेखिने गरिएको युरोपेली संघ शब्द हटाएको हो । संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रुपमा कार्यान्वयन गराउन नसकिरहेको बेला गत मार्च ३० देखि नयाँ राहदानी जारी गरेको छ । संसदबाट अस्वीकार गरिएपनि प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बाहिरिने निर्णयलाई कार्यान्वयन गराउने प्रयास गरिरहनु भएको छ । बेलायतको सांसदबाट ब्रेजिक्ट सम्बन्धी प्रस्ताव तीन पटक अस्वीकार भैसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here