कर्णालीमा सडकको समस्या

191

काठमाडौ, चैत्र १९ : कर्णाली राजमार्गको स्तरोन्नती नहुँदा सवारी चालकसँगै यात्रुलाई सास्ती व्यहोर्नु परि रहेको छ । राजमार्गको पूरा खण्ड कालोपत्र नहुनु र गरिएका काम पनि गुणस्तरीय नहुँदा सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको हो । सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमिटर सडक  अन्तर्गत कालेखोला, जिते र तल्लो डुंगेश्वर सडकखण्डमा उकालो बाटोमा खाल्डाखुल्डीसँगै  साँघुरो भएकाले यात्रुलाई कठिनाई भईरहेको छ । सुर्खेतदेखि जुम्लासम्मका विभिन्न नदी र खोलामा बन्नु पर्ने ९ वटा पुलहरु कहिले बनिसक्ने हो भन्ने ठेगान पनि छैन् । राजमार्गमा पर्ने खोलाहरु सडकतर्फ बग्ने गरेकाले कालोपत्रे पनि उप्किने तथा सडक भत्किने क्रम बढेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here