धादिङमा धान रोपाईंमा ढिलाइ

75

काठमाडौ, चैत्र १९ : धादिङमा यसबर्ष चैते धानको रोपाईं ढिलो भएको छ । किसानहरुले धान रोपी सक्ने बेला हुदाँ अहिले बल्ल चालीस प्रतिशत हाराहारीमा मात्रै रोपाईं सकेका छन् । अघिल्ला बर्षहरुमा चैतको आधी सम्ममा झण्डै सबैले धान रोपिसकेका हुन्थे । तर यस पटक वीउ राख्ने समयमा धेरै बर्षा भएपछि समयमै व्याड तयार हुन सकेन र रोपाईं पनि ढीलो भयो । अहिले भने किसानहरुलाई चटारो परेको छ । जिल्लामा धानको पकेट क्षेत्रको रुपमा चिनिएका महादेवस्थान,महादेवबेसी,किरानचोक,तल्लोवेसी लगाएतका स्थानहरुमा धमाधम रोपाई चलिरहेको छ । जिल्लामा रहेको धान खेती गर्ने कूल एघार हजार हेक्टर जमीन मध्ये पाँच हजार हेक्टरमा चैते धान रोप्ने गरिएको तथ्याङ्क छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here