हावाहुरीबाट क्षति पुगेका टावर उपलब्ध गराउन निर्देशन

254

काठमाडौ, चैत्र १९ : नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझको हावाहुरीबाट बारा र पर्सामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेपछि दूरसञ्चार सेवा अवरुद्ध भएको छ । यसैगरी हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here