न्यायधीशरुको राष्ट्रिय सम्मेलन काठमाडौमा

198

काठमाडौ, चैत्र २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।  केही समययता राज्यका निकायहरुलाई विवादित बनाउने र त्यस्ता स‌ंस्थाहरुप्रति अनास्था फैलाउने  तथा आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने जस्ता कार्यहरु हुँदै आएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्ता प्रहारहरुबाट न्यायपालिका समेत अछुतो नरहेको बताउनुभयो ।  काठमाडौमा सुरु भएको न्यायधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्नुहूदै राष्ट्रपति भण्डारीले स्वतन्त्र सक्षम र निश्पक्ष रहेको न्यायपालिकालाईअझ थप सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता पनिऔल्याउनुभयो । स्रोत-साधनको कमी वा अभाव देखाएर न्यायमा ढिलाइ गर्नु अन्याय सरह हुने भन्नुहुँदै राष्ट्रपति भण्डारीले  निपूर्ण न्यायपालिका निर्माणमा जोडदिनुपर्ने धारणा पनि राख्नुभयो । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जवराले न्यायाधीशहरु सदैव कर्तव्यप्रतिको निष्ठा, निष्पक्षता र पेशागत आचारणमा शुद्ध हुनुपर्ने बताउनुभयो ।  कानून.न्याय तथा संसदीय मामिलामन्त्री भानुभत्त ढकालले न्यायपालिकाको स्वतन्त्रताका लागि न्यायमुर्तिहरुमा न्यायिक निष्ठा, लगनशीलता र सदाचार जस्ता गुणहरु आवश्यक रहेको बताउनुभयो । 

तीनदिने सम्मेलनमा देशभरबाट ४ सय भन्दा बढि न्यायाधीशहरुको सहभागागति रहेका छन् ।संविधान तथा मुलुकी संहिता कार्यन्वयनमा अदातलको भूमिका, न्यायधीशहरुको आचारसंहिता र न्यायक्षेत्रको चौथो पञ्चवर्षीय रणनीतिक योजना निर्माण जस्ता विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।।     

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here