विकास र समृद्धि अवको प्राथमिकता-प्रम

166

काठमाडौ, चैत २१ : राष्ट्रिय विकास परिषदको बैठक काठमाडौैमा बसेको छ। यो वैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५औं योजनाको आधारपत्रको मस्यौदालाई अन्तिम रुप दिनेछ। सो बैठकको प्रधानमन्त्री एवं राष्ट्रिय बिकास परिषदका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रको विकास र समृद्धि अवको प्राथमिकता रहेको बताउनु भयो। उहाँले वर्तमान सरकारले लिएको नीति अनुसार काम हुँदैजाँदा अहिले विभिन्न क्षेत्रमा सकारात्मक परिणाम देखिंदै गएको चर्चा गर्नुभयो। साथै आगामी वर्षहरूमा विकासको गतिले फड्को मार्ने उहाँले बताउनुभयो। 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम जनताको शिक्षाको स्तर उकास्ने र स्वस्थ जनशक्ति तयार गर्ने कुरा प्राथमिकताका विषय भएको वताउनु भयो। त्यसपछि राष्ट्रिय उत्पादन बढाउने र निर्यात प्रबर्द्ध गर्ने कुरामा जोड दिनु पर्ने विचार उहाँले व्यक्त गर्नुभयो। 

वैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले १५ योजनाको मस्यौदा आधारपत्रको संक्षिप्त विवरण प्रस्तुत गर्नु गर्नुभयो।  बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, संघीय संसदका विषयगत समितिका सभापतिहरु, निजी क्षेत्र, विज्ञहरुसहित करिब ३ सय ५० जनाको सहभागिता छ ।।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here