झरी र पहिरोले कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र

264

काठमाडौँ, २४ चैत: कर्णाली राजमार्गको विभिन्न खण्ड अवरुद्ध भएपछि काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।शनिबार बेलुकाको भारी असिना वर्षा पछिको बाढी र पहिरोले राजमार्ग अवरुद्ध भएको हो । कर्णाली राजमार्गको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या भएको हो । पानी आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको छ । पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन समेत गाह्रो भएको भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here