मौसममा क्रमिक सुधार

180

काठमाडौ, चैत्र २५:  पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसममा आजदेखि क्रमिक रुपमा सुधार आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी क्षेत्रबाट मौसममा क्रमिक सुधार देखिएको हो । मध्य र पूर्वी क्षेत्रको मौसम भने अझैं एक/दुई दिन प्रभावित हुने मौसमविद्हरुले बताएका छन् । काठमाडौँ उपत्यकामा पनि आजबाट मौसममा सुधार देखिनेछ । सो वायुको प्रभावले हिजो भने देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू–भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा भएको थियो । पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ । भोलि पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here