श्रृलंकाको श्रृङ्खलाबद्द बम आक्रमणमा मर्नेको संख्या २९०

219

काठमाडौ, बैशाख ९ : श्रीलङ्कामा भएका शृङ्खलाबद्ध बम विष्फोटमा २ सय ९० जनाको मृत्यु भएको छ भने ४सय ५० जना घाइते भएका छन्। राजधानी कोलम्बोस्थित ३ वटा ठूला होटेल र ३ फरक ठाउँमा रहेका गिर्जाघरमा केहीबेरको अन्तरमा गराइएका विष्फोटमा यस्तो वीभत्स हत्या भएको हो। कोलम्बो, नेगोम्बो र बाट्टिकोलोवामा रहेका क्यथोलिक इसाइहरूका गिर्जाघरमा आज इष्टर पर्व मनाउन मानिसहरू भेला भएको वेला पारी विष्फोट गराइएको थियो। कोलम्बोका होटेलमा भएका विष्फोटमा मारिनेमा ९ जना विदेशीहरू पनि रहेको त्यहाँको राष्ट्रिय अस्पतालले जनाएको छ। अहिलेसम्म आक्रमणको जिम्मेबारी कसैले पनि लिएको छैन। बाट्टिकोलोवामा मात्रै ३ सय भन्दा बढी घाइते अस्पताल पुगेको अस्पतालका अधिकारीलाई उद्धृत गर्दै एएफपी समाचार समितिले जनाएको छ। श्रीलङ्का प्रहरीका प्रवक्ता रुवान गुनसेखराले घाइतेहरुको उद्धार तथा घटनास्थललाई सुरक्षित राखी शङ्कास्पद व्यक्तिहरूको खोजी गर्ने काम भैरहेको वताएका छन्। विष्फोटनबाट जनधनको ठूलो  क्षति भएपछि सरकारले श्रीलंकाभर कर्फ्यू लगाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here