आठौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म ६ सय ४२ पदकको टुंगो लाग्यो

322

काठमाडौ, बैशाख ९ : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा आइतवार बेलुकीसम्म ६ सय ४२ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १सय ८३ स्वर्ण, १सय ८२ रजत र २सय ७७ कास्य पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकाको शीर्ष स्थानमा छ । आर्मीले ७५ स्वर्ण, ४६ रजत र ३९ कास्य गरी १सय ६० पदक जितेको छ । दोस्रो स्थानमा रहेको पुलिस क्लबले ३२ स्वर्ण, २९ रजत र ३१ कास्य गरी ९२ पदक जितेको छ । तेस्रो स्थानमा रहेको एपिएफ क्लबले ३० स्वर्ण, ३२ रजत र ३६ कास्यसहित ९८ पदक जितेको छ ।   चौथो स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, पाँचौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, छैठौँ स्थानमा रहेको गण्डकी प्रदेशले ६ स्वर्ण र सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण जितेको छ । आठौँ स्थानमा रहेको प्रदेश ५ ले चार स्वर्ण, नवौँ स्थानको प्रदेश १ ले तीन स्वर्ण, दशौँ स्थानमा रहेको कर्णाली प्रदेशले दुई स्वर्ण र अन्तिम स्थानमा रहेको गैर आवासीय नेपाली सङ्घ (एनआरएन)ले दुई स्वर्ण जितेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here