पहिलो एक दिवसीय क्रिकेटमा नेपाल पराजित

20
नेपाल क्रिकेट एक दिवसीय

आफ्नो पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपाल नेदरल्यान्ड्संग ५५ रनले पराजित भएको छ । नेदरल्याण्ड्सको एमस्टरडममा हिजो भएको खेलमा ब्याटिङ नचल्दा नेपाल नेपालल्याण्ड्सँग पराजित हुन पुग्यो । नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउँदै सबै विकेट गुमाएको थियो । १९० रनको लक्ष्य सहित जवाफी व्याटिङमा मैदान उत्रिएको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । सुरुवात राम्रो रहेको नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । अनिल व्यक्तिगत २१ रनमा आउट भए ।

त्यसपछि नेपालले ठूलो साझेदारी नै गर्न सकेन । दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल पनि पभेलियन फर्किए । हिजोको खेलमा ज्ञानेन्द्र एकदिवसीय क्रिकेटमा अर्धसतक पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आइसिसिले एकदिवसीय मान्यता दिएसंगै डेव्यु म्याचका लागि नेदरल्याण्डस गएको नेपाली टोलीले अब दोस्रो खेल भोली खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here