अमेरिकाद्वारा चीनिया सामानहरुमा फेरी शुल्क वृद्धि गर्ने तयारी

46
ट्रम्प चिनिया मूल्यवृद्धि

अमेरिकाले २ सय बिलियन डलर मूल्यका चीनिया सामानहरुमा २५ शुल्क वृद्धि गर्ने तयारी गरिरहेको छ । अमेरिकाले यस अघी चीनिया सामानहरुमा १० प्रतिशत शुल्क बढाइ सकेको छ । पछिल्लो पटक अमेरिकाले फेरी दोब्बरभन्दा बढीले मूल्य बढाएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफ्नो व्यापार अभ्यास परिवर्तन गरोस् भन्ने चाहना राख्नु भएको ह्वाइट हाउसले जनाएको छ।

त्यसको वरिरोधमा चीनले पनि अमेरिकाबाट आयातीत सामानमा समान शुल्क बढाएको थियो । राष्ट्रपती ट्रम्पले चीनलाई शुल्क वृद्धिको सम्बन्धमा समीक्षाका लागि आग्रह पनि  गर्नुभएको छ । यो निर्णयसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक बीच तनाब बढ्ने जोखिम बढेको छ । चीनले यस विषयमा पुनर्विचार गर्न पहिले नै सचेत गराइ सकेको छ । अमेरिका यसै योजनाका साथ अघि बढे वासिङ्टनको कालोबजारी भएको आरोप लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here