पुटीन र किम जोङ उनबीच आज शिखर वार्ता

69

काठमाडौं, बैशाख १२ : रुसी राष्ट्रपति भ्लादिमीर पुटीन र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज शिखर वार्ता हुँदैछ । उहाँहरुबीच भ्लादिभोस्तोक शहरको रुस्की टापुमा आज वार्ता हुने कार्यक्रम तय भएको हो । रुसको सुदूर पूर्वमा रहेको भ्लादिभोस्तोक वार्तामा मुलतः आणविक समस्याका विषयमा छलफल हुने छ । रुसले कोरियाली प्रायद्वीपको आणविक समस्याका विषयमा छलफल गर्ने जनाएको छ । उत्तर कोरियाले अमेरिकासंगको वार्ता असफल भएपछिको अवस्थामा रुसको समर्थन जुटाउने प्रयास गर्नेछ । शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम हिजै रेल चढेर रुसको भ्लादिभोस्तोक पुगिसक्नु भएको छ । किम र पुटिनबीच पहिलोपट वार्ता हुँदैछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here