धरहरा  पुननिर्माणको काम जारी

73

काठमाडौं, बैशाख १२ : २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धरहरा  पुननिर्माणको काम भैरहेको छ । धरहराको  लागि अहिले जमिन मुनि पिलर राख्ने काम करिब अन्तिम चरणमा पुगेकाले अबको केही दिनमा जमिन माथिको काम हुनेछ । नयाँ धरहरा गुम्बज र गजुर सहित करिब ८० मिटर अग्लो हुनेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।  करिब ३ अर्ब ८ करोड रुपैयाँ लागतमा दुइवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहराको पुननिर्माणको जिम्मा जिआइटिसि रमण जेभीलाइ दिएको छ । धरहरामा पर्यटकको सुविधा निम्ति दुईवटा लिफ्ट राखिनेछ भने आकस्मिक अवस्थाका लागि खुड्किला पनि बनाइने छन्। धरहरासँगै हाल गोश्वारा हुलाक कार्यालय रहेको स्थानमा ३ तले सवारी पार्किङ स्थल बनाइनेछ । भूकम्पले भत्काएको नौतले धरहराको बाँकी रहेको एक तला ठूटोलाइ ‘भुइँचालो स्मारक’ का रूपमा जस्ताको तस्तै राखिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here