गोरखा भूकम्पको ४ वर्ष पूरा

79

काठमाडौं, बैशाख १२ : झण्डै ९ हजारको मृत्यु हुने गरी २०७२ साल बैशाख १२ गते बिनाशकारी भूकम्प गएको आज ४ बर्ष पुरा भएको छ । मध्यान्न ११ बजेर ५६ मिनेटको समयमा गोर्खाको बारपाकलाइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प गएको थियो । गोर्खा भुकम्प र त्यसपछिका परकम्पबाट ८,७९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३०० घाइते भएका थिए । भूकम्पका कारण ठूलो संख्यामा सास्कृतिक सम्पदा, विध्यालय तथा सरकारी भवन र निजि घरहरुमा क्षति पुग्यो । हजारौ नागरिक घरवार विहिन बन्न पुगे । सरकारले विनासकारी भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनर्स्थापना गर्न २०७२ साल पुस १० गते  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गर्यो । प्रधिकारणका अनुसार हाल सम्म ८० प्रतिशत निजि आवास निर्माण भएको छ । यस्तै धेरै बिद्यालय भवनहरु पुनर्निर्माण भैसकेका छन भने ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण पनि भैरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here