एसिया प्यासिफिक ब्रोडकास्टिङ्ग युनियनको सम्मेलन काठमाण्डौमा

96

काठमाडौं, बैशाख १२ : एसिया प्रशान्त क्षेत्रका देशहरूका प्रसारण निकायहरुको संगठन एशिया प्यासिफिक ब्रोडकास्टिङ्ग युनियनको सम्मेलन काठमाण्डौमा शुरु भएको छ । सम्मेलन वातवरणको क्षय र यसले समाजमा पारेको असरका वारेमा केन्द्रित छ । सम्मेलन उद्घाटन गर्दै संचार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद वाँस्कोटाले विश्व पर्यावरणमा भइरहेको क्षतिमा नेपालको कुनै भूमीका नभएको तर यसको पिडा भने नेपालले भोगिरहेको वताउनु भयो । अधिकांश यस्ता सम्मेलनहरू वातावरण विनासले पारेका प्रभाव वारे मात्र सीमित हुने गरेको चर्चा गर्दै मन्त्री बाँस्कोटाले पर्यावरण बिगार्नमा को कति जिम्मेबार छ भन्ने वारेमा सामान्यतया मौन रहने गरेको उल्लेख गर्नु भयो ।  आज र भोलि सञ्चालन हुने यो सम्मेलनका क्रममा १० वटा समूह बनाएर विभिन्न विषयमा अन्तर्क्रिया भइरहेको छ । सम्मेलनमा नेपाल सहित ७६ देशका प्रशारण केन्द्रका संचारकर्मीहरुको सहभागिता छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here