नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो एक दिवशिय खेल खेल्दै

39
नेपाल निदरल्याण्ड क्रिकेट

नेपालले दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयानुसार दिउँसो २:४५ बजे नेदरल्याण्ड्सको भि आर ए मैदानमा हुने छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४७ दशमलव ४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सकेको थियो ।

आज नेदरल्याण्ड्स संग खेल्ने नेपाली टोलीमा कप्तान पारस खड्का सहित अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी छन् । यसैगरी आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल पनि टोलीमा छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो दोस्रो खेल हो । नेदरल्याण्ड्ससँगको एक दिवसीय श्रृंखला बराबरीका लागि आज नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here