युरोपका विभिन्न देशहरुमा तातो हावा सँगै अत्याधिक गर्मी बढ्दै

196
युरोप तातो हावा

युरोपका विभिन्न देशहरुमा केही दिन यता तातो हावा संगै बढ्दै गएको गर्मीले महादेशमा हालसम्मकै उच्च तापक्रम मापन हुने संकेत गरेको मौसमविदहरुले बताएका छन् । युरोपको तापमान अहिले ४८ डिग्रि सेन्टिग्रेट पुगिसकेको जुन सन् १९७७ को जुलाइ महिनामा ग्रिसको राजधानी एथेन्समा मापन गरिएको थियो । अफ्रिका महादेशबाट बहदै आएको तातो हावाले स्पेन र पोर्चुगलमा अप्रत्यासित रुपमा तापक्रम बढाएको छ । स्पेनको दक्षिण पश्चिम र दक्षिण क्षेत्र तथा पोर्चुगलको दक्षिण पुर्बी छेत्रमा शुक्रबार र शनिबार तापक्रम ४७ डिग्री सल्सियससम्म पुग्न सक्ने पुर्वानुमान गरिएको छ।

स्पेनको राष्ट्रिय मौसम विभागले आइतबार सम्म तापक्रम बढ्नसक्ने बताउदै सचेत रहन चेतावनी जारी गरेको छ । यसैगरी बेलायतमा पनि ३३ डिग्री को हाराहारीमा तापक्रम मापन गरिएको छ । युरोप को मौसम पुर्वानुमान कार्यालय मेटियो-अलार्मले रेड अलेर्ट जारि गरि तातो हावाका कारण ज्यानै पनि जान सक्ने भन्दै दक्षिण पोर्तुगल र स्पेनको बडाजोज प्रान्तमा सतर्कता अपनाउन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here