सवारि साधनले यात्रुहरुबाट मनपरी भाडा असुल

27
जुम्ला मनपरी यातायात भाडा

जुम्ला देखि सुर्खेत, नेपालगंज र नेपालगंज, सुर्खेत देखि जुम्ला सम्म चल्ने सवारि साधनले यात्रुहरुबाट मनपरी भाडा असुल्ने गरेका पाइएको छ । यातायात क्षेत्रको सिन्डिकेट जुम्लामा कायमै हुदा त्यहाँ चल्ने सवारिसाधनले मनपरी भाडा असुल्ने गरेका छन् । स्थानीय प्रशासन संग छलफल गरी जुम्लाबाट लामो दुरीका लागि छुट्ने साना तथा ठुला गाडिहरुको भाडादर कायम गरिएको भएपनि ब्यबसायिहरुले त्यसलाइ बेवास्ता गर्दै आएका छन् । तर यस विषयमा सरकारले अनुगमन पनि गर्ने गरेको छैन ।

स्थानीय प्रसासन र कर्णाली अन्चल यातायात व्यवसायी संघ बीच भएको सहमति अनुसार जुम्ला देखि कालिकोटको मान्म सम्मको भाडा ५०० रुपैया कायम गरिएको छ । तर व्यवसायीहरुले १ हजार रुपैया सम्म असुल्ने गरेको पाइएको छ । जुम्ला देखि सुर्खेत सम्म ९५० रुपैया भाडा कायम गरिएकोमा व्यवसायीहरुले १६ सय रुपैया सम्म लिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here