प्रतिनिधिसभाका दशवटा समितिमा रहने सदस्यहरुको नाम अनुमोदन

26
प्रतिनिधिसभा नाम अनुमोदन

प्रतिनिधिसभाका दशवटा समितिमा रहने सदस्यहरुको नाम अनुमोदन गरेको छ । हिजो बसेको बैठकले संसद्का विषयगत विभिन्न १० वटा समितिमा रहने सांसदको नाम अनुमोदन गरेको हो । सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेपछि बैठकले उक्त नाम बहुमतले अनुमोदन गरेको हो ।

प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरुदेवी पालमाथि भएको आक्रमणको घटना राजनीतिक प्रकृतिको भएको जानकारी दिनुभयो । उहाँले अस्थिरता फैलाउन खोज्नेहरुबाट घटना भएको हुनसक्ने भन्दै छानविन भइरहेको जानकारी दिनुभयो । यसैबीच प्रहरीले सांसद पालमाथि भएको आक्रमणको घटनालाई लिएर अनुसन्धान गरिरहेको छ । यसक्रममा ८० जना भन्दा बढी पक्राउ गरी छानविन भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here