आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने योजना

174
पर्यटन मन्त्रालय पत्रकार

सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक नेपाल भित्र्याउने योजना बनाएको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ पर्यटन सम्बन्धी नयाँ योजना सार्वजनिक गरिएको हो । मन्त्रालयले सार्वजनिक गरेको योजनामा नेपाल वायुसेवा निगमका लागि वाइड र न्यारोबडी गरी १० वटा र आन्तरिक उडानका लागि १५ वटा विमान थप्ने उल्लेख छ ।

त्यसैगरी निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम पाँच वर्षभित्र ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य समेत योजनामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here