नेपालले आउँदो माघ महिनामा त्रिकोणात्मक एकदिबसिय श्रृखंला खेल्ने

224

काठमाडौं, बैशाख २५ :एक दिबसिय राष्ट्रको मान्यता पाएको दुइ वर्ष पछि नेपालले पहिलोपटक आउँदो माघ महिनामा त्रिकोणात्मक एकदिबसिय श्रृखंला खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसिले विश्वकप त्रिकेट लिग डिभिजन टुको सार्बजनिक गरेको खेल तालिका अनुसार नेपालले घरेलु मैदानमा आगामी माघ २२ देखि ओमन र अमेरिका संग श्रीखंला खेल्ने छ । विश्वकप लिग डिभिजन टु प्रतियोगीता भने श्रावन १५ देखि स्कटल्याण्डमा सुरु हुनेछ । नामिविया/नेपाल/ओमान/पपुवान्युगिनी/ स्कटल्याण/ युएइ र युएसले ३० महिनामा प्रत्येक टोलि ले ३६ वटा अन्तराष्ट्रिय एक दिवसीय खेल्नेछ । नेपालले दास्रो चरणमा नामिविया र स्कटल्याण्डसग निमवियामा खेल्नेछ । सन् २०२३ मा भारतमा हुने विश्वकपको लागी तिन वर्ष चल्ने यो प्रतियोगिताका सिर्स दुइ टोलि छनौट हुनेछन । कितिर्पुरस्थित टियु त्रिकेट मैदानमा पहिलो पटक एक दिवसीय त्रिकेट खेल हुन लागेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here