भेनेजुएलाका राष्ट्रपति माथि राजधानी काराकासमा ड्रोन आक्रमण

18
भेनेजुएला ड्रोन आक्रमण

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो राजधानी काराकासमा टेलिभिजन मार्फत् प्रत्यक्ष सम्बोधन गरिरहेका बेला ड्रोन आक्रमण भएको छ । राष्ट्रपति मदुरो सम्बोधन गरिरहेका बखत आकाशमा विष्फोटक ड्रोन एक्कासी देखापरेको थियो । आक्रमणबाट राष्ट्रपति मदुरोलाई कुनै क्षति पुगेको छैन। घटनामा ७ जना सैनिक जवान घाइते भएका छन् । राष्ट्रपति मदुरोलाई नै लक्षित गरी आक्रमण गरिएको त्यहाँका संचारमन्त्रीले बताउनु भएको छ ।

घटना भएको स्थानमा सैनिक जवानहरुको भागाभाग भएको थियो । आक्रमणमा घाइते भएका सैनिक जवानहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति मदुरो भने मन्त्रीहरु तथा सैनिक कमान्डरहरुसँग घटनाका सम्बन्धमा छलफल गरिहनु भएको छ । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here