साबित्रा र अनिताको उत्कृष्ट प्रदर्शन

183

काठमाडौं, बैशाख २६ : भारतीय महिला लिग फुटबलमा नेपाली राष्ट्रिय महिला टिमका दुइ जना सदस्यले उत्कृष्ट प्रदर्शन गरेका छन् । साबित्रा भण्डारी र अनिता बस्नेतले डेब्यू खेलमै गोल गर्न सफल भएका छन् । भारतीय महिला लिग फुटबलमा नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर अनिताले ‘डेब्यु’खेलमा गोल गरेकी छिन् । लिगको दोस्रो खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अनिताले लिगको डेब्यु खेलमै गोल गर्न सफल भएकी हुन् । नेपाली फरवार्ड सावित्राले चोट बोक्दै मैदान छाडेपछि अनिताले खेल्ने अवसर पाएकी थिईन् । उनले खेलको ७४ औ मिनेटमा गोल गर्दै सेथु फुटबल क्लबलाई ३–० को स्थितीमा पुर्याईन् । उनी पहिलो खेलमा बैकल्पिक खेलाडीको रुपमा रहेपनि डेब्युको अवसर पाएकी थिईनन् । अर्की नेपाली खेलाडी सावित्राले डेब्यु खेलमै ह्याट्रिक सहित चार गोल गरेकी थिईन् । उनले सेथुले खेलका दुवै खेलमा प्लेइङ सेटमा रहेर अवसर पाएकी थिईन् । साबित्रा पहिलो खेलमा वुमन अफ दी म्याच समेत घोषित भएकी थिईन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here