दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिगको क्वालिफायरमा

231

काठमाडौं, बैशाख २६ : दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को क्वालिफायरमा छनोट भएको छ । इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादको चुनौती २ विकेटले पार गर्दै दिल्लीले क्वालिफायरमा चेन्नेई सुपर किंग्ससंगको भिडन्त पक्का गरेको हो । १ सय ६३ रनको मध्यम लक्ष्य दिल्लीले अन्तिम ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । ओपनर पृथ्वी शाले ५६ रनको अर्धशतकिय इनिङ्स खेल्दै दिल्लीको जितको रेखा कोरे । ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके । हैदराबादका खलील अहेमद र रसिद खानले समान २-२ विकेट लिए । यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । विजेता दिल्लीले फाईनल प्रवेशका लागि चेन्नेई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ । पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।पहिलो क्वालिफायर खेलमा जित निकाल्दै मुम्बई ईन्डियन्स प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here