इलाममा आमन्त्रित पुरुष नक आउट भलिवल शुरु

142

काठमाडौं, बैशाख २७ : इलाममा प्रथम इलाम आमन्त्रित पुरुष नक आउट भलिवल प्रतियोगिता २०७६ शुरु भएको छ । प्रतियोगितामा आठ वटा टीमको सहभागिता रहेको छ । हिजो भएको पहिलो खेलमा जिल्ला भलिवल संघ ताप्लेजुड.ले जिल्ला भलिवल संघ इलामलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । यस्तै दोस्रो खेलमा नवचेतना भलिवल क्लव इलामले झापा गाउँपालिका भलिवल क्लवलाई पनि सोझो सेटमा नै पराजित गरेको छ । विजयी दुवै टीम सेमिफाइनलमा प्रवेश गरेका छन् । जिल्ला भलिवल संघको आयोजनामा भएको प्रतियोगिता आगामी आइतबार समापन हुने छ । प्रतियोगितामा विजयी टीमलाई नगद एक लाख ५१ ह्जार र दोस्रो हुने टीमलाई ८१ ह्जार नगद सहित ट्रफी प्रदान गरिने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here