तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिबलको उपाधी पुलिसलाई

171

काठमाडौं, बैशाख २७ :  त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । हिजो भएको फाइनल खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोश्रो पटक उपाधि जितेको हो । उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार रुपैया प्राप्त गरेको छ । प्रतियोगिताको बिधागततर्फको उपाधिमा पुलिसकै खेलाडीको वर्चश्व रह्यो । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक  राजजोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए । पुलिसका ओपन स्पाइकर कुलबहादुर थापा प्रतियोगीताको उत्कृष्ट खेलाडी घोषित भए ।। पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबलाइ/ त्रिभुवन आर्मी क्लब ३–० को सोझो सेटमा पराजित ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here