देहोरो कर प्रणाली अन्त्य गरिने

48
प्रम महालेखा छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले देहोरो कर प्रणाली अन्त्य गरिने वताउनुभएको छ । देशभरका उद्योगी व्यवसायीहरुको प्रतिनिधिसंग बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले दोहोरो कर हटाइने बताउनुभएको हो । नेपाललाई उपभोक्ताबाट उत्पादक र आयतकर्ताबाट निर्यातकर्ता बनाउन सरकार प्रतिवद्ध रहेको पनि प्रधानमन्त्रीले वताउनुभयो । उद्योगी व्यवसायीहरुबाट आएका सकारात्मक सुझावलाई सम्बन्धित निकाय मार्फत तत्काल सम्बोधन गरिने विश्वास प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरु दिलाउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगी व्यवसायीहरुको फाइल अड्काएर आर्थिक चलखेल गर्न खोज्ने प्रवृत्ति नहटेसम्म आर्थिक विकास नहुने वताउनुभयो । स्वदेशी उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने र विदेशी लगानी भित्रायाउनका लागि उनीहरुको पूजीको सुरक्षा हुनुपर्ने उहाँले वताउनुभयो ।

छलफलमा सहभागी उद्योगी व्यवसायीहरुले ढुवानीमा लाग्दै आएको दोहोरो कर हटाइनु पर्ने, नविकरण शुल्क मिनाह गर्नुपर्ने, वीमा क्षेत्रको अघोषित सिन्डिकेट अन्त्य गर्नुपर्ने, श्रम ऐनमा हायर एण्ड फायरको व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here