सिन्धुकपको उपाधी जावालाखेललाई

138

काठमाडौं, बैशाख २९ :सिन्धुपाल्चोकको लामोसाँघुमा सम्पन्न चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युथ क्लब काठमाडौँले हात पारेको छ । हिजो भएको फाइनल खेलमा जावलाखेल युथ क्लबले गोर्खा ब्वाइज क्लब रुपन्देहीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको १८औँ मिनेटमा बोरिसले गोल गर्दै जावलाखेललाई शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६१औँ मिनेटमा बोरिसले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई च्याम्पियन बनाएका हुन् । सिन्धुकपको चौथो संस्करणसम्म आइपुग्दा आयोजक युथ स्पोर्टस् क्लब, सुनकोशी युथ क्लब र एपिएफले उपाधि उचालेका थिए । प्रतियोगिताको विजेता जावलाखेल युथ क्लबले पाँच लाख रुपैया हात पारेको छ । यस्तै उपविजेता बनेको गोर्खा ब्वाइज क्लबले दुई लाख ५० हजार रुपैयामा चित्त बुझाएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here