औषधीको कृतिम मुल्य बृद्दि गरेकोमा विरोध

152

काठमाडौं, बैशाख २९ :संयुक्त राज्य अमेरिका औषधि कम्पनीहरुले साधारण औषधिको मूल्य कृत्रिम रुपमा वृद्धि गरेको भन्दै त्यहाँका ४० भन्दा बढी राज्यले ती कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन् ।  औषधिको प्राइस फ्रिक्सिङमा २० भन्दा बढी कम्पनीहरुको संलग्नता रहेको जनाइएको छ । क्यान्सर र मधुमेयको उपचारमा प्रयोग हुने औषधि सहित १ सयभन्दा बढी औषधिको कृत्रिम मूल्य वृद्धि गरिएको मुद्दामा उल्लेख छ । यसरी मिलेमतोमा औषधिको कृत्रिम मूल्य निर्धारण गर्नेमा संसारकै सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी तेभा समेत परेको छ । तेभाले भने आफूले कुनै गलत काम नगरेको भन्दै मुद्दाको सामना गर्ने जनाएको छ । पाँच वर्षको जाँचबुझ र अनुसन्धानबाट औषधि कम्पनीहरुले मिलेमतोमा औषधिको कृत्रिम मूल्य वृद्धि गरेको, कतिपय केसमा १००० प्रतिशतसम्म मूल्य वृद्धि गरिएको भेटिएपछि कानुनी कारवाहीका लागि अघि बढेको जनाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here