दैलेख आसपास केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भुकम्प

47

काठमाडौं, बैशाख २९ :दैलेख र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । दैलेख सदरमुकाम देखि २२ कोष टाढा पर्ने नौमूले गाउँपालिकाको बालुवाटारलाई केन्द्र बिन्दु बनाएर गएराति ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । नौमूले गाउँपालिकाबाट बालुवाटार पुग्न पैदल ३ घण्टा लाग्ने भएकोले क्षतिको बिवरण बुझ्न प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । आज बिहानै देखि बालुवाटार लगायतका क्षेत्रमा लगातार बर्षा भएका कारण स्थानीयहरु त्रसित भएका छन् । फेरि भुकम्प आउन सक्ने भन्दै स्थानीयहरुले सडकमै रात बिताएका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here