कक्षा ११ को परीक्षा आजदेखि

144

काठमाडौं, बैशाख २९ :कक्षा ११ को परीक्षा आजदेखि सुरु भएको छ । देशभर एकैसाथ आज बिहान ७ बजेदेखि ११ कक्षाको परीक्षा सुरु भएको हो । कक्षा ११ को परीक्षामा करीब पाँच लाख आठ हजार परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि पनि विशेष व्यवस्था गरिएको छ । यसैगरी कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ । यसैबीच गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here