संयुक्त राष्ट्रसंघीय वैशाख दिवस समारोहमा प्रमको सम्बोधन

210

काठमाडौं, बैशाख २९ :भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र संघीय बैशाख दिवसलाइ सम्बोधन गर्नुभयो । भियतनामको हा नाम प्रदेशमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनी बुध्दको जन्मस्थल मात्र नभै बुध्द धर्मको आधारस्तम्भको रुपमा रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय मञ्चबाट प्रधानमन्त्रीले लुम्बिनीको भ्रमण गर्न कार्यक्रमका सहभागीहरुलाइ अनुरोध गर्नुभयो । आँउदो वर्ष यो दिवस नेपालले आयोजना गर्ने तयारी गरिरहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो । सम्मेलनमा १ सय १० राष्ट्रका १६ सय प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन ३ दिन सम्म चल्नेछ । १९९९ डिसेम्बर १५ मा बसेको संयुक्त राष्ट्र संघको ५४ औं महासभाले अनुमोदन गरेसँगै सन् २००० बाट बेशाख उत्सवको रुपमा ३ दिन यो दिवस मनाउने गरिन्छ । भगवान बुद्धको जन्म, आत्मज्ञान प्राप्ति र बुध्ददर्शनलाई सम्झदैं दिवस मनाउने गरिन्छ । यसैबीच भियतनामबाट प्रधानमन्त्री ओली भोलि कम्बोडिया प्रस्थान गर्नुहुनेछ । करिब १ करोड ६० लाख जनसंख्या रहेको कम्बोडियाका ९६ प्रतिशत जनता बुद्द धर्म मान्ने गर्दछन । कम्बोडियामा प्रधानमन्त्री ओलीले त्यहाँका प्रधानमन्त्रीसँग दुइपक्षीय वार्ता गर्ने तथा दुबै सदनका प्रमुखहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । यसरी ठूलो संख्यामा बुद्द धर्मावलम्बीहरु रहेको भियतनाम र कम्बोडिया नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मुलुकका रुपमा रहेने बिश्वास गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here