आईपिएलको उपाधी मुम्बई इन्डियन्सलाई

151

काठमाडौं, बैशाख ३० :मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । हिजो भएको फाइनल खेलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङमा उत्रिएको चेन्नईले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि सेन वाट्सनले ८० रनको अर्धशतकीय इनिङ्स खेलेपनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् । मुम्बईको जितमा लासिथ मलिंगाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । चेन्नईलाई जितका लागि अन्तिम ओभरको ६ बलमा ९ रन आवश्यक थियो । तर, मलिंगाले २ विकेट लिदै ७ रन खर्चेर मुम्बई लाई च्याम्पियन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो  । यो संगै मुम्बईले कीर्तिमानी चौंथो पटक आईपीएलको उपाधि जितेको छ । यस्तै मुम्बईले यस सिजनमा चेन्नईलाई लगातार चौंथो खेलमा पराजित गर्दै उपाधि हात पारेको हो । त्यस्तै रोहित शर्मा चार पटक आईपीएल जित्ने पहिलो कप्तान बनेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here