म्यान्मारमा जहाजको आकस्मिक अवतरण

161

काठमाडौं, बैशाख ३० :म्यान्मारमा ८९ जना यात्रु बोकेको जेट विमानको अगाडिको पाङ्ग्राले काम नगरेपछि त्यहाँका पाइलटले पाङ्ग्रा विना नै सुरक्षित विमानको अवतरण गरेका छन् । म्यान्मारको राष्ट्रिय विमान मन्डाले विमानस्थलमा पाङ्गा विना नै आपतकालिन अवतरण गरिए विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् । विमान सुरक्षित अवतरण गरी सम्पूर्ण यात्रुको जीवन बचाएकोमा पाइलटको प्रसंशा गरिएको छ । पहिले विमान अवतरणका लागि याङ्गुन विमानस्थलमा दुई पटक चक्कर मारे पनि विमानको ल्याङ्डिङ गेयरले काम नगरेपछि विमानलाई याङ्गुन विमानस्थलबाट मन्डाले विमानस्थल पठाइएको थियो । पाइटलले आपतकालिन अवतरणका लागि विमानमा भएको इन्धनको अत्यधिक प्रयोग गरी विमानको वजन कम गरेको एयर लाइनले जनाएको छ । विमानको अगाडिको भागले जमिनमा नछोइकन विमानको अवतरण गरिएको थियो । विमान रोकिनु अघि २५ सेकेन्ड अस्थिर बनेको थियो । म्यान्मारका यातायात मन्त्रीले पाइलटले महान काम गरेको भन्दै प्रशंसा गर्नुभयो । म्यान्मारमा एकै हप्तामा यो दोस्रो विमान दुर्घटना हो । गत बुधबार बिमन बंगलादेशको विमान खराब मौसमका कारण याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएपछि १७ जना यात्रु घाइते भएका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here