पाकिस्तानको पाँचतारे होटलमा आक्रमण / ५ जनाको मृत्यु

42

काठमाडौं, बैशाख ३० :पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित एक पाँचतारे होटेलमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । अधिकारीहरुले घटनामा होटलमा काम गर्ने चार जना कर्मचारी र एक जना सुरक्षाकर्मीको मृत्यु भएको पुष्टी गरेका छन् । घण्टौं सम्म बन्दुकधारीहरुको नियन्त्रणमा रहेको होटलमा भएको दोहोरो गोली हानाहानका क्रममा तीन जना बन्दुकधारीहरुको समेत मृत्यु भएको बताइएको छ । बन्दुकधारीहरुको समूहले चीनिया लगानीमा संचालित होटलमा आक्रमण गरेका थिए । आक्रमणको जिम्मा बिद्रोही समूह बलुचिस्तान लिवरेसन आर्मीले लिएको छ । विदेशी लगानीमा संचालित परियोजनाहरुले स्थानीयलाई फाइदा नहुने भन्दै त्यहाँ विद्रोही समूहले पटक पटक शसस्त्र आक्रमण गर्दै आइरहेका छन् । केही हप्ता अघी मात्रै पनि विद्रोहीहरुले राखेको विद्युतीय धरापमा परी १४ जना सुरक्षाकर्मीहरुको मृत्यु भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here