भोजपुरमा देवी देवताका मूर्ति फेला परे

32

काठमाडौं, बैशाख ३० :भोजपुर सदरमुकामबाट दक्षिणी क्षेत्रमा अवस्थित भुल्केमा देवस्थल फेला परेको छ । सडक बिस्तार गर्ने क्रममा देवि देवताको मुर्ती फेला परेपछि सो स्थललाई अहिले गुप्तेश्वर महादेव नामाकरण गरेर स्थानीयले संरक्षण गरिरहेका छन् । स्थानीय पुजारीका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेकोमा पहिरोले पुरिएको थियो । सो स्थानको करिव १० मिटर तल देविथान रहेको छ । सडकको छेउमा रहेको स्थानलाई सामान्य तारको जालीले छेकबार गरिएको छ भने विहान वेलुका पुजापाठ हुने गरेको छ । सो स्थानमा शिवलिङ्गसंगै अन्य विभिन्न देविदेवताको मुर्ति समेत देख्न सकिन्छ । महत्वपुर्ण धार्मिक स्थल फेला परेकाले संरक्षणसंगै प्रचार प्रसारको काम भइरहेको वडा कार्यालयले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here