रुकुममा सडक नहुँदा समस्या

205

काठमाडौं, बैशाख ३० :रुकुम पुर्वको सिस्ने गाँउपालिका र पुथा उत्तरगंगागाँउपालिका जोड्ने अधिकांश ठाँउमा सडक नभएपछि स्थानियहरु जोखिम मोलेर आवत जावत गर्न बाध्य भएका छन् । पुथाउत्तरगंगा गाँउपालिकाको देउखोला, सिस्ने गाँउपालिकाको नायगाड, भट्टेचौर पुथाउत्तरगंगाकै चारगाँउ, खाराबांग, रिवांगचौर लगाएतका अधिकांश ठाँउमा गोरेटो बाटो समेत राम्रो नभएपछि स्थानीयहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका हुन् । माथी ठुला पहाड र तल सानीभेरी नदीको बिचमा अप्ठेरो गोरटो बाटो छ । त्यसमा पनि घोडा खच्चड र सर्वसाधारण भारी बोकेर हिड्नुपर्ने अवस्था छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here