बैतडीको सोराडमा खानेपानीको समस्या

42

काठमाडौं, बैशाख ३० :बैतडीको तल्लो सोराड क्षेत्रको मुख्य व्यापारिक केन्द्र मेलौली र स्वराडका अधिकासं क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । विगतदेखिनै खानेपानीको समस्या भाग्दै आएका स्वराडवासीहरुले यस वर्ष झन खानेपानीको अभाव खेपिरहेका छन् । पुराना न्वाउला र पानीका अन्य मुहानहरु सुक्दै जान थालेपछि खानेपानीको हाहाकार हुन थालेको हो । गाँउ–गाँउमा सडक खनिन थालेपछि खानेपानीका मुहानहरु सुक्न थालेको स्थानीयको भनाई छ । दिन बिराएर पाईने एक ग्यालिन पानीका लागि स्थानीयलाइ दिनभरी लाइन बस्नुपर्ने बाध्यता छ । सडक खन्न प्रयोग गरिएका मेसिन र अन्य विभिन्न मानविय त्रुटिका कारण पनि जिल्लाका अधिकासं ठाँउहरुमा खानेपानीको समस्या बढ्दै गएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here