बिचौलियाको हस्तक्षेपपछि किसान मर्कामा

40

काठमाडौं, बैशाख ३० :बिचौलियाहरुले नै तरकारीको मुल्य तोक्न थालेपछि काभ्रेपलाञ्चोक जिल्लाका तरकारी कृषकहरु मारमा परेका छन् । विचौलियाको विगविगी बढेपछी कृषकहरुले आफ्नो उत्पादनको मूल्य नै थाहा नपाई तरकारी बेच्न बाध्य छन् । काभ्रेको मुख्य तरकारी संकलन केन्द्र बनेपा तरकारी बजारमा विक्रिका लागी आउने गरेका अधिकांश कृषकहरु आफूहरुलाई विक्रिका लागी ल्याएको तरकारीको मुल्य नै थाहा नभएको बताउँछन् । बजारको उचित ब्यवस्थापन हुन नसक्दा विचौलीयाले नै लगाएको मुल्यमा तरकारी छाड्नु पर्ने बाध्यता रहेको कृषकहरुको गुनासो छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here